Logo
१९ बैशाख २०८१, बुधबार
(February 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सांसदहरु सक्षम

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने स्प्रष्ट पारेका छन । उनले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा आइतबार संचारकर्मीहरुसँगको भेटमा मुख्यमन्त्री राईले भने, ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने छ, प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइनेछ ।’ उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए ।

उनले आइतबारबाट सुरु हुने हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताए ।

प्रकाशित मिति: Feb 3, 2019

प्रतिक्रिया दिनुहोस्