Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको अनशनप्रति संवेदनहीन व्यवहारको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढीमा पुत्ला जलाइएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

नेविसंघले कैलाली बहुमुखी क्याम्पसको मुल गेट अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । चिकित्सा शिक्षा विधेयक पारित गर्ने निर्णय र डा. गोविन्द केसीको अनशनप्रति संवेदनहीन व्यवहारको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ । नेविसंघले केही दिनयता सरकारविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्