एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु
सिरहा : सिरहाको पदमपुरमा एक्साभेटरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै ज्यान गएको छ ।
ज्यान जानेमा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ का ३५ वर्षीय वीरेन्द्र पण्डित र त्यही ठाउँका २८ वर्षीय दोरिक सदा रहेको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिण आइरहेको अनटेष्ट जेसीभीले बिहीबार राति स। ५ प ८७४८ नम्बरको विपरित दिशाबाट आएको मोटरसाइकलालाई ठक्कर दिएको थियो ।
दुर्घटना पछि एक्साभेटरका चालक फरार छन् ।