Logo
१२ श्रावण २०८१, शनिबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्न जननिर्वाचित संस्था र सरकार कटिबद्ध

काठमाडौै : राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदकै योगदानले नेपालमा गणतन्त्र र संघीयताजस्ता महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छिन् । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहेको उल्लेख गरेकी छिन् ।

प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने राष्ट्रपतिको भनाइ छ । त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने बताएका छन् ।

शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पुनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका वेला शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् ।

शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानका कारण नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छ । ‘पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ’, प्रधानमन्त्रीले सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्