Logo
१८ बैशाख २०८१, मंगलबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएई विरुद्धकाे सिरिजमा नेपाली खेलाडीहरुले बनाएका ९ किर्तिमान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएई विरुद्धकाे सिरिजमा नेपाली खेलाडीहरुले बनाएका ९ किर्तिमान

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकाे पहिलाे सिरिज जित
  • राेहित कुमार पाैडेल विश्वकाे सबैभन्दा कान्छाे एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक खेलाडी बनेका छन् । यस क्रममा उनले सचिन तेन्दुकर र अफ्रिदिकाे रेकड ताेडेका  थिए ।
  • दाेस्राे खेलमा साेमपाल कामीले लिएकाे ५ विकेट नेपालकाे लागि एकै खेलमा सार्वाधिक विकेट हाे ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पारस खड्का पहिलो खेलाडी बनेका छन् । उनले बनाएको ११५ रन स्वतः नेपाली खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन हो ।
  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दिप लामिछाने नेपालकाे लागि सबै भन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले कुल १५ विकेट लिएका छन् ।
  • पारसले ११५ रन बनाउने क्रममा १५ चौका प्रहार गरे जुन एकै खेलमा नेपालि ब्याट्सम्यानले प्रहार गरेको सबैभन्दा धेरै चौका हो।
  • पारसले शतक प्रहार गर्न ९६ बल लगाएका थिए जुन स्वत सबैभन्दा थोरै बलमा नेपाली ब्याट्सम्यानले प्रहार गरेको एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो।
  • पारस खड्काले यो संगै नेपालको लागि खेल्ने क्रममा ४ वटा शतक पुरा गरेका छन् जुन नेपाली खेलाडीको सर्वाधिक शतक हो।
  • पारसले बनाएको ११५ रन नेपाली ब्याट्सम्यानले बनाएको संयुक्त सर्वाधिक रन हो ।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्