Logo
२० जेष्ठ २०८१, आईतबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ मा भैंसी सुन्दरी प्रतियोगिता : इनरुवाका मेयरले कोशीलाई दिए लैनो भैंसी उपहार

प्रदेश नमबर १ स्थित सुनसरीको कोशी गाउँपालिकामा समपन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई अर्को भैंसी उपहार प्रदान गरिएको छ ।

कोशी कटानमा समपन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार वापत लैनो भैंसी प्रदान गरिएको हो ।

प्रतियोगिता कोशी गाउँपालिकाले आयोजना गरेको भएपनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कार वापतको लैनो भैंसी भने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रदान गरेका हुन् ।

एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिताको अवधारणा भने पहिलो पटक इनरुवा नगरपालिकाले अघि सारेको थियो । सोही अनुरुप प्रतियोगिताको तयारी थाल्दै गर्दा नगर प्रमुख मेहताले व्यक्तिगत पहलमा १ लाख ५० हजार लागतको भैंसी खरिद गरेका थिए ।

अल्पमतमा रहेका मेयर मेहताको सो प्रस्ताव कार्यापालिकाबाट पारित हुन नसक्दा भैंसी थन्किन पुगेको थियो । कोशी गाउँपालिकासँग भगिनी समवन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले इनरुवाको लागि खरिद गरिएको भैंसी कोशी गाउँपालिकामा आयोजित भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भैसीं सुन्दरी सहित गाई सुन्दरीमा उत्कृष्ठ ठहरिएका धनीलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्