Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यापक चलखेलको अन्त्य गर्न कर्मचारीको सरुवा अब चक्रीय प्रणालीबाट

काठमाडौँ : कर्मचारीको सरुवा अब चक्रीय प्रणालीबाट हुने भएको छ । कर्मचारीको सरुवामा हुने व्यापक चलखेलको अन्त्य गर्न ऐनमा नै यस्तो व्यवस्था गर्न लागिएको हो ।

संघीय निजामती सेवा ऐनको दफा २२ को उपदफा ३ मा भनिएको छः ‘निजामती कर्मचारीलाई यथासम्भव सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र पूर्वानुमानयोग्य हुने गरी तोकिए बमोजिमको आधार र प्राथमिकता बमोजिम च क्रीय रूपमा सरुवा गरिने छ ।’

आधार र मापदण्ड तोकी चक्रीयरुपमा सरुवा गर्ने भन्ने नयाँ प्रणालीको व्यवस्थाले कर्मचारीको सरुवा व्यवस्थित हुने विश्वास लिइएको एक सचिवले बताए ।

युयिनहरुले धाउने, नेताले सोर्स फोर्स लाउने, हाकिमहरूले खेल्न पाउने जस्ता अवस्था अब रहँदैन उनले भने, ‘अधिकारका लागि भनेर स्थापित भएका तर सरुवामै मात्र केन्द्रित रहेका युनियनहरूका दिन पनि गए अब !’

विभिन्न प्रलोभन दिने, ट्रेड युनियनले धाउने, दुःख दिने जस्ता मध्य नगर गर्दै उक्त व्यवस्था गरिएको मस्यौदाकार मध्ये एक अधिकारीले बताए ।

‘यसपछि मेरो सरुवा कहाँ हुन्छ भन्ने कुरा कर्मचारीलाई अग्रिम थाहा हुन्छ’ उनले भने, ‘कुनै कर्मचारी कर्णालीमा कार्यरत छ भने कहिले काठमाडौँ आई पुग्छु भन्ने थाहा हुन्छ ।’

प्रशासन डटकमले असोज २३ गते निजामती सुधारका लागि दुई आयाम सरुवा र कासमु शिर्षकमा टिप्पणी लेखेको थियो । जसमा सरुवा चक्रीय प्रणालीबाट हुनुपर्नेमा जोड रहेको थियो ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्