Logo
२२ बैशाख २०८१, शनिबार
(January 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकीर्तिमान तोड्ने रोहितलाई प्रधानमन्त्री ओलीको बधाई, के लेखे टुइटमा ?

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान रोहितकुमार पौडेललाई प्रधानमन्त्री ओलीले बधाई दिएका छन्। भारतका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी विस्फोटक ब्याट्सम्यान बुम बुम शाहिद अफ्रीदीको विश्वकीर्तिमान तोडेका रोहितलाई प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत बधाई दिएका हुन्।

ट्वीटरमा प्रधानमन्त्री ओलीले रोहितलाई बधाई दिदैं लेखेका छन्– अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक बधाई ! अन्तर्राष्ट्रिय क्रिेकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।

रोहितले हिजो शनिबार युएईविरुद्ध अर्धसतक बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा सचिन र अफ्रीदीले सबैभन्दा कम उमेरमा बनाएको ५० प्लसको विश्वकीर्तिमान तोडेका हुन् ।

उनले १९९६ मा श्रीलंकाविरुद्ध तत्कालिन फास्टेस्ट सेन्चुरी बनाउँदा १६ वर्ष २१७ दिनका थिए। उनले सो खेलमा ३७ बलमा सेन्चुरी पूरा गरेका थिए । यस्तै सचिन तेन्दुलकरले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्ध टेस्टमा ५९ रन बनाएका थिए ।
रोहितले यी दिग्गजको नाममा रहेको अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने रेकर्ड ब्रेक गरेको आईसीसीले जनाएको छ । आईसीसीका अनुसार शनिबार यूएईविरुद्ध ५८ बलमा ५५ रन बनाउँदा रोहितको उमेर १६ वर्ष १४६ दिन हो । गएको अगस्टमा ओडिआई डेब्यू गर्दा रोहितको उमेर १५ वर्ष ३३५ दिनका थिए ।

प्रकाशित मिति: Jan 27, 2019

प्रतिक्रिया दिनुहोस्