Logo
२६ बैशाख २०८१, बुधबार
(January 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध देशभरका क्याम्पसअगाडि नेविसंघको प्रदर्शन

काठमाडौं : सहमति बिनै संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराइएको विरोधमा नेपाल विद्यार्थी संघले उपत्यकासहित देशभरका क्याम्पसअगाडि प्रदर्शन गरेको छ ।

काठमाडौको पशुपति, पुल्चोक, ग्रामिण आर्दश लगायतका क्याम्पस अगाडि नेविसंघले सरकारविरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो । आजै दिउँसो महिला संघले पनि माइतिघर मण्डलामा विधेयक विरुद्ध प्रदर्शन गर्ने जनाइएको छ ।

नेपाली काँग्रेसले सरकारविरोधी आन्दोलन चर्काउने नीति लिएसँगै नेविसंघलगायतका भातृ संगठनले प्रदर्शन गरेको हो । यसैबीच आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकले सरकारका कामकारवाहीका विरुद्धमा आन्दोलनलाई बढाउदै लैजाने निर्णय गर्न लागेको छ ।

‘सरकारका कामकारवाहीविरुद्ध आन्दोलन बढाउदै लैजाने कुरामा दुईमत छैन । आजको बैठकमा थप छलफल गरेर कस्ता कस्ता कार्यक्रम गर्ने भन्ने निक्र्योल हुन्छ’ काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले रातोपाटीसँग भने, ‘दिउँसो १ बजे बैठक बस्छ त्यसपछि पछि कार्यक्रम तय हुन्छन् ।’

काँग्रेसको विरोधकाबीच शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले चिकित्सा शिक्षा विधेयक पारित भएको थियो । यो विधेयक पारित भएसँगै काँग्रेस सरकारविरुद्ध आक्रमक भएको छ

प्रकाशित मिति: Jan 27, 2019

प्रतिक्रिया दिनुहोस्