Logo
१२ श्रावण २०८१, शनिबार
(January 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गम्भीर घाइते प्रजिअको अवस्था खतरा मुक्त, एसपी पोखरेलको शव काठमाडौँ ल्याइदै

सिमरा : दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा अधिकारी चढेको जिप शनिबार बेलुका पसाहा पुल नजिक दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको निधन भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईको वीरगञ्जमा उपचार भइरहेको र अवस्था खतरामुक्त बनेपछि उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको बारा प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका हबल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र जिपका चालक जगत पटेल पनि घाइते छन् । उनीहरुको पनि वीरगञ्जमै उपचार भइरहेको छ । बाटोमा रोकिएको ट्रयाक्टरको टेलरमा ठोक्किएर दुर्घटना भएको हो । निधन भएका एसपी पोखरेलको शव काठमाडौँ ल्याउने तयारी छ ।

प्रकाशित मिति: Jan 27, 2019

प्रतिक्रिया दिनुहोस्