Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने काम गरेको नेकपाको ठहर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकाले भेनेजुयलाका विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको प्रति विरोध गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् । गोइदोले बुधबार कारावासमा आफैंलाई कार्यकारी राष्ट्रपति घोषणा गरेका थिए ।

जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए। नेकपा अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै भेनेजुयलाको आन्तरिक मामलामा अमेरिकी हस्तक्षेपको विरोध गरेका हुन् । अमेरिकाले भेनेजुयलाका जनतालाई विभाजित बनाएर हिंसा चर्काउने काम गरेको नेकपाको ठहर छ ।

यहि महिनाको शुरुवातमा निकोलस मडुरोले राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको शपथ ग्रहण गरेका थिए । उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लाग्दै आएको छ । निकोलस मदुरोको नेतृत्वमा भेनेजुयला आर्थिक संकटमा गुज्रिएको छ ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्