Logo
१२ श्रावण २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विधेयक पारित संसदीय मूल्य मान्यता विपरीत भएको कांग्रेसको आरोप

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधान, कानुन तथा संसदीय मूल्य र मान्यता विपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पारित गरेको गम्भीर आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकले बहुमतले राष्ट्रिय चिकित्सा विधेयक पारित गरेलगत्तै बसेको कांग्रेस संसदीय दलको आकस्मिक बैठकले लोकतान्त्रिक मूल्य र मान्यतामा समेत गम्भीर असर गर्ने गरी सरकारले सो विधेयक पारित गराएको निष्कर्ष निकाल्दै निन्दा र भत्सर्ना पनि गरेको छ ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले शक्तिको दूरुपयोग गर्दै सरकारले सो विधेयक पारित गरेको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले सभामुख कृष्णबहादुर महरा सो विधेयक पारित गराउन सत्ता पक्षका कार्यकर्ताको रूपमा प्रस्तुत भएको आरोप लगाएको छ । कांग्रेसले आगामी दिनमा त्यस्तो नगर्न पनि सचेत गराएको छ । सबैको साझा व्यक्तिको रूपमा सभामुखलाई आगामी दिनमा भूमिका निर्वाह गर्न आग्रह गराउने प्रमुख सचेतक खाँडले बताए ।

संसदीय दलको बैठकले पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल विघटन गरे सरकारविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्