Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीबारे विश्व हिन्दू परिषदका नेता प्रवीण तोगडियाले गरे सनसनीपुर्ण खुलासा

विश्व हिन्दू परिषदका पूर्व अन्तराष्ट्रिय कार्यकारी अध्यक्ष प्रवीण तोगडियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बोल्दै आफूहरुबीच ४३ वर्ष लामो मित्रता भएको तर आफूले कहिल्य मोदीले चिया बेचेको नदेखेको बताएका छन् ।

उनले मोदीले चिया बेच्ने व्यक्तिको छवि निर्माण गरेर जनताहरुसँग सहानुभूति बटुलेको आरोप लगाए । विश्व हिन्दू परिषदबाट अलग भएपछि अन्तराष्ट्रिय हिन्दू परिषद गठन गरेका तोगडियाले भाजपा र उसको मातृ संगठन राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस)मा राममन्दीर निर्माण गर्ने नियतनै नभएको आरोप लगाए ।

तोगडियाले भने, “प्रधानमन्त्री मोदीको भनाईबाट र आरएसएसका नेता भैयाजी जोशीको भनाईबाट पनि स्पष्ट भइसकेको छ कि उनीहरुबाट आगामी पाँच वर्षसम्म पनि राम मन्दिर बन्दैन । भाजपा र आरएसएसले १ अर्ब २५ करोड भारतीयहरुलाई गुमराहमा राखिरहेका छन् । तर अब हिन्दूहरु चुप लागेर बस्दैनन् ।”

उनले फेब्रुअरी ९ मा आफ्नो नेतृत्वमा हिन्दूहरुको नयाँ राजनीतिक दलको घोषणा हुने र उक्त पार्टीले संसद जितेको भोलिपल्टबाट नै राम मन्दिर निर्माण शुरु गर्ने बताए ।

नरेन्द्र मोदीबारे टिप्पणी गर्दै उनले भने ,“उनी तीन तलाक विधयकलाई आधी रात कानुनको रुपमा ल्याउन सक्छन् तर मन्दिरको लागि किन त्यसो गर्न सकिदैन ।”

उनले मोदी पुनः प्रधानमन्त्री बने पनि उनले मन्दिर नबनाउने बताए । तोगडियाले भाजपा र आरएसएसमाथि थप हमला गर्दै राम मन्दिर निर्माण भएसँगै दुवै संगठन मुद्धा नपाएर खत्म हुने भएकाले तिनले मन्दिरको मुद्धा जीवित राख्न चाहेको बताए ।

तोगडियाले आफूले गठन गर्न लागेको नयाँ पार्टी सत्तामा आएमा कश्मिरको धारा ३५ए लाई हटाउने बताए । यसले गर्दा हिन्दूहरुले पनि त्यहाँ जमिन खरिद गर्न सक्ने र समयक्रममा त्यहाँ उनीहरुको बहुमत हुने तोगडियाले बताए ।

उनले यसो भएमा ढुंगा हान्नेहरुले पनि पाठ सिक्ने र त्यसपछिका दिनमा मोदी उनकै गृह प्रदेश गुजरात फर्कनुपर्ने बताए ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्