Logo
१२ श्रावण २०८१, शनिबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् भवन अगाडि डा. केसीका समर्थकले लगाए नाराबाजी, माग पारित गर्ने तयारीमा सरकार

काठमाडौं : अनशनरत डा गोविन्द केसीका समर्थकहरूलाई संघीय संसदको संसद भवन गेटअगाडिबाट प्रहरीले पक्राउ गरेको छ । डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै उनीसँग विगतमा भएको सहमतिअनुसार मात्रै चिकित्सा शिक्षा विधेयक पास गर्न जोड दिँदै आएका समर्थकहरूले संसद भवन अगाडि नाराबाजी गर्दै गर्दा पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरूमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशी विक्रम कार्की,अजिता राई,डा दिनेश प्रसाईं,अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायतका २५ जना छन् ।

उनीहरूलाई हाल नेपाल पुलिस क्लब भृकुटीमण्‍डपमा राखिएको छ । बानेश्वर पानीट्यांकीको भाग संसदगेटमा नाराबाजी गरिरहेको अवस्थामा उनीहरुलाइ प्रहरीले गिरफ्तारी गरेको हो । डा. केसीसँग गरिएको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक शुक्रबार दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकले पारित गर्ने तयारीमा सरकार छ ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्