Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सा शिक्षा विधेयक पास गर्न प्रतिपक्षलाई सभामुखको आग्रह

काठमाडौं : सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पास गर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बिहीबार पत्रकारसंग कुरा गर्दै सभामुख महराले एकपटक प्रक्रियामा गईसकेको बिधेयक पास गर्न आग्रह गरेका हुन् ।

आफूले त्यसका लागि प्रतिपक्ष दलका नेताहरुसंग कुरा गरिरहेको सभामुख महराको भनाई छ । सभामुख महरोले कांग्रेस जस्तो संसदीय अभ्यासमा लामो अनुभव भएको पार्टीले संसदीय अभ्यासको गल्ती नगर्ने आफूलाई विश्वास भएको बताए ।

“मर्यादित भएर संसदीय अभ्यासमा लाग्न अनुरोध गर्दछु” सभामुख महराले भने। उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पतालका बारेमा उचित निर्णय गर्ने स्पष्ट पारे।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्