Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस पार्टी कार्यालयमा नेविसंघको नाराबाजी, ११ बजे बोलाइएको बैठकमा पौने १सम्म पुगेनन् सभापति

काठमाडौं : काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।

काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएपनि पौने १ बजेसम्म सभापति शेरबहादुर देउवा पार्टी कार्यालय नपुग्दा बैठक सुरु हुन ढिला भएको छ ।

प्रकाशित मिति: Jan 24, 2019

प्रतिक्रिया दिनुहोस्