Logo
१२ श्रावण २०८१, शनिबार
(January 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० वर्षपछिकै ठूलो हिमपात हुम्लामा, बाह्य साथै आन्तरिक पर्यटक पनि रमाउँदै

हुम्ला : लगातारको वर्षा पश्चात हुम्लाको उच्च भागमा बाक्लो हिउँ जमेको छ । यस वर्षकै माघ महिनाको पहिलो सातामै बाक्लो हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए । हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती सेताम्मे भएका छन् । हिउँ परेपछि सदरमुकाम सिमकोट रहेका पर्यटक अहिले हिउँ खेल्नमा मस्त छन् ।

हुम्लाका उच्च हिमशृंखलाहरुका दृश्यावलोकनका लागि हुम्लामा पर्यटक आउने मौसम फागुनबाट सुरु हुने भएकोले यस वर्षकै ठूलो हिमपात भएको छ । अहिले सदरमुकाम सिमकोट क्षेत्रमा आन्तरिक पर्यटक र स्थानीय बासिन्दा हिउँमा खेलेर रमाईरहेका छन् ।

१० वर्षपछि यसपटक हुम्लामा ठूलो हिमपात भएको सिमकोट गाउँपालिका(२ का गोरसिंह बोहराले बताए । सिमकोटमा बजारमा कर्मचारी सुरक्षाकर्मी स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्टकसमेत सेल्फी खिच्दै हिउँमाथि लडीबुडी गरिरहेका छन् ।

चारैतिर हिमाल जताततै सेतेम्मै हिमालले यतिखेर हिमपातले रमणीय बनाएको छ । सुन्दर डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यले मनमोहक च्याङला भन्जायङ, सैपाल हिमाल उतरी कैलाश मानसरवरसँग जोडिएको हिमाल यतिखेर सेताम्मेले जो कोही पर्यटकलाई आकर्षित बनाएको छ ।

हुम्लामा पहिलोपटक स्किङ सञ्चालन हिमपात भएपछि हुम्लामा पहिलोपटक स्किङ चिप्पेलटी सुरु भएको छ । पछिल्लो समयमा बाह्य पर्यटकहरूले हिउँमा रमाउनको लागि हुम्लामा पहिलोपटक पुगेका छन् । योपटक स्थानीय युवासहित विदेशी नागरिकको सहकार्यमा स्किङ ९चिप्लेटी० सञ्चालनमा ल्याएका छन् ।

प्रकाशित मिति: Jan 23, 2019

प्रतिक्रिया दिनुहोस्