Logo
७ जेष्ठ २०८१, सोमबार
(January 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थ मन्त्रालयका कर्मचारीलाई आचारसंहिता, कार्यक्षेत्रमा परेको समस्या सामाजिक सञ्जालमा लेख्न बन्‍देज

काठमाडौं : अर्थ मन्त्रालय र मन्त्रालय अन्तर्गतका कर्मचारीले अब कार्यक्षेत्रमा परेको समस्याको विषयमा सामाजिक संजालमा लेख्ने वा संचारमाध्यममा विचार राख्न नपाउने भएका छन् ।

आचारसंहिताले कानुनी रूप नलिने भए पनि अर्थ मन्त्रालयले जारी गरेको आचारसंहितामा यस्तो व्यवस्था गरिएको छ । “अर्थ मन्त्रालयले जारी गरेको आफूलाई परेको पिरमर्का वा गुनासो आमसंचार माध्यम वा सामाजिक सञ्‍जालमा नराखी सम्बन्धित पदाधिकारी वा निकायसमक्ष पद्धतिसंगत तवरबाट प्रस्तुत गर्न सकिन्छ”अर्थ मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई आचारसंहिता २०७५ मा भनिएको छ ।

“कार्यलय अवधिमा जिम्मेवारीमा रहेका कर्मचारीले मोवाइल वा कम्प्युटर मार्फत सामाजिक सञ्‍जालको प्रयोग गर्न हुँदैन । आचारसंहितामा सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेट्न रोक लगाइएको छ ।

यसैगरी कार्यालय, होटल, रेस्टुराँ तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहार गर्न नहुने पनि आचारसिंहतामा उल्लेख छ । साथै विवाह, ब्रतबन्ध जस्ता सामाजिक काम गर्दा मितव्ययी एवं सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ । आचारसंहिता पालना भए नभएको हर्नको लागि पनि अधिकारी तोकिएको छ ।

प्रकाशित मिति: Jan 21, 2019

प्रतिक्रिया दिनुहोस्