सन् २०१८ मा चीनको अर्थतन्त्र तीन दशक यताकै न्यून
चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्यांकमा उल्लेख छ ।
ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो । राष्ट्रिय तथ्यांक ब्यूरो ९एनबीएस० ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६।८ प्रतिशत हुने अनुमान गरिएकामा समग्र तथ्याङ्क विश्लेषण गर्दा त्यस्तो आर्थिक वृद्धिदर ६।६ प्रतिशत भएको जनाएको छ ।
एनबीएसका अनुसार सन् २०१८ का अन्तिम तीन महिनामा आर्थिक वृद्धिदरमा अनपेक्षित रूपमा कमी आएको छ । अर्थविज्ञहरूले अमेरिका–चीनबीचको व्यापार तनाब कम नभए सन् २०१९ मा विश्व आर्थिक वृद्धिमै मन्दी आउन सक्ने अनुमान गरिरहेका छन् ।
वित्तीय जोखिम रोकथाम गर्ने, लक्षित गरिबी निवारण गर्ने तथा प्रदूषण नियन्त्रण गर्ने कार्यमा निकै प्रगति भएको छु, एनबीएसका आयुक्त निङ जिझेले बताए ।
चिनीया प्रधानमन्त्री लि केक्वाङले गत साता चीनको आर्थिक वृद्धिदरमा देखिएको समस्याप्रति सम्बोधन गर्दै चिनीया अर्थतन्त्रलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिइने दृढता व्यक्त गरे ।
विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीचको व्यापारिक तनाब ३ महिनाका लागि विश्राम दिन र व्यापारमा देखिएका समस्याबारे सार्थक सहमति खोज्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच सहमति भएको थियो ।
दुई नेताबीचको सहमतिसँगै दुई देशीय व्यापार वार्ता शुरु भएका छन् । पहिलो चरणको वार्ता बेइजिङमा सम्पन्न भइसकेको छ भने अर्को साता चिनीया उपप्रधानमन्त्रीको नेतृत्वमा एक टोली वासिङटन भ्रमणमा जाँदैछ ।
चीनको पूर्वाधार लगानीमा पनि कमी आएको छ। अघिल्लो वर्ष पूर्वाधारका क्षेत्रमा १९ प्रतिशत रहेको लगानी गत वर्ष सन् २०१८ मा ३।८ प्रतिशतले मात्र वृद्धि भएको छ । चीनको अमेरिकातर्फको निर्यात र विश्वव्यापी व्यापारमा पनि गतवर्ष डिसेम्बरमा कमी आएको छ ।
प्रधानमन्त्रीले गतसाता चीनको व्यापक बजारका कारण उपभोगमा वृद्धि हुने बताएका थियो, तर तथ्याङ्कहरु भिन्न रूपमा देखिएका छन् । गतवर्ष हरेक महिना समग्र ऋण प्रवाहको वृद्धि खुम्चिएको थियो ।
ऋणको वृद्धिमा आएको मन्दीले आर्थिक वृद्धिमा पनि समस्या निम्त्याएको छ, क्यापिटल इकनमिक्सका अर्थशास्त्री मार्क विलियम्सले बताए । ऋण प्रवाहमा भएका कडाईले गतवर्ष कारको बिक्रीमा कमी आएको थियो ।
यो गत २० वर्ष यता सबैभन्दा प्रभावित वर्ष थियो । अघिल्लो वर्ष १०।२ प्रतिशत रहेको खुद्रा बिक्रीमा पनि ९ प्रतिशतले कमी आएको छ। डिसेम्बरमा बिक्रीमा ८।२ प्रतिशतको झिनो वृद्धि भएको थियो ।
कारखानाको उत्पादनमा समेत सन् २०१७ को ६।६ प्रतिशतबाट घटी भई गतवर्ष ६।२ प्रतिशत कायम भएको छ । विज्ञहरूले चिनीया सरकारी निकायले समग्रमा राम्रो विवरण सार्वजनिक गरेको बताएका छन् ।
चीन र विदेशमा रहेका धेरै अर्थशास्त्रीले चिनीया सरकारी विवरणमा तोडमरोड गरिएको आरोप लगाएका छन् । अमेरिकास्थित कन्फरेन्स बोर्डले सन् २०१८ मा चीनको आर्थिक वृद्धि ४।१ प्रतिशतको हाराहारीमा मात्र रहेको दाबी गरेको छ ।