Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन

विश्वकै सबभन्दा जेठा व्यक्तिको आइतबार ११३ वर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् ।

राइट दाजुभाइले पहिलो उडान गराएको दुई वर्षपछि सन् १९०५ मा उनको जन्म भएको थियो । गिनिज वर्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।

‘यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौं,’ उनकी नातिनी युकोले भनिन्।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्