Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनावमा नरेन्द्र मोदी : ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिए

प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी विरुद्ध सबै विपक्षी दल एकठाउँमा उभिएका छन् । शनिबार कोलकातामा ४१ वर्षपछि सबै विपक्षी एक ठाउँमा उभिएका हुन् । यसअघि सन् १९७७ मा ज्योति बसुले कोलकाताबाटै कांग्रेसविरुद्ध विशाल प्रदर्शनको नेतृत्व गरेका थिए ।

भारतीय जनता पार्टीविरुद्ध शनिबार संयुक्त लडाइँको संकल्प स्वरुप विपक्षीले प्रदर्शनको तयारी गरेका हुन् । ठाउँ ठाउँबाट र्‍यालीसहित आयोजना हुने संयुक्तसभालाई विपक्ष दलका शीर्ष नेताले सम्बोधन गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसैवर्ष हुने लोकसभा चुनाव जित्नका लागि विपक्षी २० दलको अगुवाई पश्चिम बंगालकी मुख्यमन्त्री ममत बनर्जीले गरेकी छन् । भारतको प्रमुख विपक्षी कांग्रेस सहित जेडीएस, एनसीपी, आरजेडी, एसपी, बिएसपी, टिडीपी, आम आद्मीलगायत दलका शीर्ष नेताले कोलकाताको बिग्रेड मैदानमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मोर्चाबन्दीको घोषणा गर्नेछन् ।

 

प्रकाशित मिति: Jan 19, 2019

प्रतिक्रिया दिनुहोस्