Logo
१३ बैशाख २०८१, बिहीबार
(January 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : चलचित्र ‘प्रेमलीला’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । प्रेमकथामा आधारित चलचित्रको ट्रेलरमा प्रेम भित्रको अनेक लिला समेटिएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको चलचित्रको ट्रेलरमा अभिनेत्री दिपशिखा खड्का र अभिनेताअली खान बिचको मिलन बिछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ । पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ ।

चलचित्रमा दीपशिखा, अलि र मौसमसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, प्रभाकर शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र फागुन १० गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Jan 18, 2019

प्रतिक्रिया दिनुहोस्