Logo
२४ बैशाख २०८१, सोमबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को राजधानी जनकपुरधामबाट प्रकाशित जनकनन्दनी टुडे आजदेखि बजारमा

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधामबाट प्रकाशित दैनिक पत्रिकाहरुमा आजदेखि जनकनन्दनी टुडे नामक पत्रिका पनि थपिएको छ ।

सिमला देवी मिडिया प्रालिका अध्यक्ष अर्जुन कुमार मण्डलद्वारा प्रकाशित एवं नरेन्द्र मण्डलद्वारा सम्पादित जनकनन्दनी टुडे पत्रिकाको एक कार्यक्रमका बीच विहिवार लोकापर्ण गरिएको हो ।

पत्रिकाको सामूहिक लोकापर्ण गर्दै वक्ताहरुले दैनिक पत्रिका संचालन गर्नु चुनौतीपूर्ण रहेको टिप्पणी गरेका थिए । पत्रिकाको स्तरीयतालाई कायम राख्दै निरन्तरता दिन सक्नु आर्थिकरुपमा चुनौतीपूर्ण रहेको चर्चा गर्दै वक्ताहरुले पत्रिकालाई कुनै पनि राजनीतिक दलको पछुवाको रुपमा लग्न नहुनेमा जोड दिएका थिए ।

जनताको पक्षमा वकालत गर्दै सन्तुलित, निष्पक्ष एवं विश्वसनीय समाचार सम्प्रेषणमा जनकनन्दनी टुडेले सफलता पाओस् भनि वक्ताहरुले शुभकामना दिएका थिए । संघीय समाजवादी फोरम नेपालका नेता तथा प्रमुख सचेतक उमाशंकर अरगरीयाको प्रमुख आतिथ्यमा भएको उक्त लोकापर्ण कार्यक्रममा प्रदेश सभा सदस्य रामअशीष यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, राजपाका महासचिव राजीव झा, पत्रकार राजेश कर्ण, श्याम सुन्दर शशी, राजन सिंह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पत्रिकाको कार्यकारी सम्पादकमा दिपक कर्ण र सल्लाहकारमा प्रमोद कुमार साह रहेका छन् । सिमला देवी मिडिया प्रा.लि.ले जनकनन्दनी एफ एम ९५ दशमलव ५ मेगाहर्ज पनि संचालन गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्