Logo
७ जेष्ठ २०८१, सोमबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले सिफारिस गरेका ५ मुलुकका राजदुत मध्ये २ राजदूतको सुनुवाइ आज

काठमाडौं : सरकारले विभिन्न ५ मुलुकका लागि सिफारिस गरेका राजदुतमध्ये २ राजदूतको संसदीय सुनुवाई गर्देछ ।

संघीय संसदको सुनवाई समितिले पहिलो दिन बिहिबार थाइल्याण्डका लागि राजदूतमा सिफारिस गणेश ढकाल र फ्रान्सका लागि सिफारिस दिपक अधिकारीलाई बोलाएको छ ।

समितिको बैठक बिहान ११ बजेका लागि बोलाईएको संघीय संसद सचिवालयले जनाएको छ । बाँकी ३ जनाको सुनुवाई भने शुक्रबार गर्ने तयारी रहेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए ।

परराष्ट्र सेवाबाट सरकारले स्वीटजरल्याण्डका लागि मणि भट्टराई, क्यानडाका लागि भ्रिगु ढुङ्गाना र कुवेतका लागि दुर्गा प्रसाद भण्डारीको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्