पृथ्वीनारायणको २ सय ९७ औँ जयन्ती : राष्ट्रपतिदेखि विशिष्ट व्यक्तिले यसरी सम्झिए (हेर्नुस् १० तस्विर)
- नागरिक टाइम्स/संवाददाता
२७ पुस २०७५, शुक्रबार ००:००
काठमाडौँ : देशको पहिलो वडा महराजधिराज तथा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दुई सय ९७ औँ पृथ्वी जयन्ती मनाइएको छ । बाइसे-चौविसे राज्यलाई एक बनाउन भूमिका खेलेका पृथ्वीनारायण शाहले राष्ट्रिय एकता र देशप्रेमलाई जीवनभर आत्मसात गरेका थिए ।
सरकारी सहभागितामा सिंहदरबारको पश्चिम ढोका परिसरमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण लगायत कार्यक्रम गरी पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो ।
शालिक परिसरमा नेपाली सेनाबाट सलामी पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् । प्रज्ञाभवनबाट सुरु भएको र्याली उक्त शालिकमा पुगेर कोणसभामा परिणत भएको केहीबेरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर : प्रदीपराज वन्त२९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर फर्कदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्बिर : प्रदीपराज वन्त
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर : प्रदीपराज वन्त२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको ¥याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : प्रदीपराज वन्त२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको ¥यालीमा सहभागी हुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत । तस्बिर : प्रदीपराज वन्त