Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेनिस कोपा डेल रे को पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग पराजित

पुस २७ : बार्सिलोना स्पेनिस कोपा डेल रे को पहिलो लेगमा लेभान्टेसँग दुई–एकले स्तब्ध भएको छ ।

खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शून्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।

प्रकाशित मिति: Jan 11, 2019

प्रतिक्रिया दिनुहोस्