Logo
७ जेष्ठ २०८१, सोमबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनाका प्रवक्तामा गोकुल भण्डारीद्वारा ढकाललाई कार्यभार हस्तान्तरण

काठमाडौं : आज देखि नेपाली सेनाको नयाँ प्रवक्ता यामप्रसाद ढकालले कार्यभार सम्हाल्ने भएका छन् । ढकाललाई बिहीबार एक कार्यक्रमबीच सहायक रथी गोकुल भण्डारीले कार्यभार हस्तान्तरण गरेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारी तालिम शिक्षालय खरिपाटीमा सरुवा भएपछि ढकाल नयाँ प्रवक्तामा नियुक्त भएका थिए ।

प्रवक्ताको जिम्मेवारीबाट सरुवा भएका भण्डारीले आफू प्रवक्ताको जिम्मेवारीमा रहँदा सहयोग गरेको भन्दै आम सञ्चारमाध्यामलाई धन्यवाद दिए ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्