Logo
७ जेष्ठ २०८१, सोमबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ औषधि व्यवस्था विभागको अवस्था : नविकरण गर्न गए सिधै माग्छन् घुष

काठमाडौं : औषधि व्यवस्था विभागको फितलो अनुगमन र बेवस्ताका कारण औषधी उत्पादन कम्पनीहरुको नविकरण हुन नसकेको औषधी उत्पादन कम्पनीका संचालकहरुले बताएका छन् । औषधि व्यवस्था विभागका अधिकारीहरुले अनुगमनका नाममा आर्थिक लाभ खोज्ने गरेको, मोटो रकम नदिए फाइल अल्झाई दिने आदि समस्याका कारण नविकरण हुनु नसकेको संचालकहरुको भनाई रहेको छ ।

मापदण्ड नपुगेर नवीकरण नभएका यी कम्पनीले उत्पादन गरेका औषधि बजारमा बिक्रीवितरण भइरहेको समाचार आएपछि संचालकहरुले प्रतिकृयामा यस्तो आरोप लगाएका हुन् । ‘घुष र अनियमितताको अखडा नै औषधि व्यवस्था विभाग हो’ नाम उल्लेख नगर्ने शतृमा एक संचालकले भने जवसम्म मोटो रकम नदिए तवसम्म त्यहाँबाट निरक्षण टोली नै आउँदैन हामिले नविकरणका लागि दिएको फाइल महिनौंसम्म अडकाएर राखिने गरिएको हुन्छ ।

‘बिभागका प्रमुख नारायण ढकाल भएपनि निरिक्षण टोली गठन र अनुगमनको जिम्मेवारी भने बिभागका अर्का अधिकारी भरत भट्टराईलालाई दिइएको छ ।’ उक्त संचालकले भने ‘ढकालले कुनै डिल गर्न चाहदैनन तर भट्टराईको नाम देखाउँदै त्यता गएर मोटो रकमको डिल गर्नसमम्मको प्रेसर दिने गरेका हुन्छन्’ उनले भने ‘हामि सबै संचालकहरु अब मन्त्रीलाई नै गुहारर्ने तयारीमा छौं । हामिले नविकरण गरेको होइन भन्ने होइन तर औषधि व्यवस्था विभागका अधिकारीहरुका कारण यो नौवत आएको हो, उनहिरुले प्रत्यैक कार्यमा मोटो रकम खोजेका हुनछन् ।’

विभागका प्रमुख ढकालले प्राविधिक कारणले त्यस्तो हुन गउको बताए । यद्यपी उनले खुलेर भने बोल्न चाहेनन् । ‘पछि कुरा गरौंला, अलिक म बिजि छु, अरु साथीहरुसंग पनि सम्पर्क गर्नु’ यो समाचार तयार गरिरहँदा उनले नागरिक टाइम्ससँग भने जिएमपी मापदण्डबारे जिम्मा मेरो होइन भरतजीले हेर्नुहुन्छ’ । तर यसबारे प्रतिकृयाकालाई भट्टराईलाई सम्पर्क राख्दा उनले भने केहि बोल्न चाहेनन् । उनले भने कुनै प्रतिकृया दिन चाहेनन् ।

विभागले जिएमपी मापदण्ड पूरा गर्न नसकेका कारण अधिकांश औषधि कम्पनी नवीकरण गर्न कठिनाइ भएको बताउने गरिएको छ । यद्यपी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ ।

जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ । त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन् । बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको छ ।

देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) को डब्लुएचओको जिएमपी प्रमाणपत्रको म्याद २३ अक्टोबर २०१७ मा सकिए पनि मापदण्ड पूरा गर्न नसक्दा नवीकरण हुन सकेको छैन । बजारमा देउराली जनताले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेका छन् । एभरेस्ट फर्मास्युटिकल्स प्रालिको १५ जुलाई २०१४ मा जिएमपी प्रमाणपत्रको म्याद सकिएको हो। उक्त फर्मास्युटिकल्सले जिएमपी मापदण्ड पूरा गर्न नसकेर नवीकरण भएको छैन।

एभरेस्ट फर्मास्युटिकल्सका उत्पादन औषधि पनि बजारमा बिक्रीवितरण भइरहेको छ। मार्क फर्मुलेसन प्रालिको जिएमपी मापदण्डको म्याद सकिएको भन्डै पाँच वर्ष हुन लागेको छ । मार्कको जिएमपी प्रमाणपत्रको म्याद १५ जुलाई २०१४ मै सकिएको हो। विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा गर्न नसक्दा उक्त कम्पनीको जिएमपी प्रमाणपत्र नवीकरण भएको छैन । मार्कले उत्पादन गरेको औषधि पनि बजारमा पाइन्छ ।

मनोज फर्मास्युटिकल्स वक्र्स प्रालिको विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड प्रमाणपत्रको म्याद सकिएको एक डिसेम्बर २०१४ मै हो । उक्त कम्पनीको जिएमपी मापदण्ड प्रमाणपत्र पनि नवीकरण भएको छैन । तर, सो कम्पनीले उत्पादन गरेको औषधि मार्केटमा आपूर्ति भइरहेका छन् ।

त्यसैगरी चेमी ड्रग इन्डस्ट्रिज प्रालिको ९ जनवरी २०१४, देन्युम ल्याबोरेटोरिज प्राीको १३, जुलाइ २०१७, विजयदीप ल्याबोरेटोरिज प्रालिको २० जुलाई २०१७, युनिभर्सल फर्मुलेसन्स प्रालिको १६ डिसेम्बर २०१४, सिम्का ल्याबोरेटोरिजको २८ सेक्टेम्बर २०१८ र सिद्धार्थ फर्मास्युटिकल्स प्रालिको १३ जुलाई २०१८ मा विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्डको प्रमाणपत्रको म्याद सकिएको पाइएको छ। तर, ती औषधि कम्पनीले उत्पादन गरेका गुणस्तरहीन औषधि बजारमा बिक्रीवितरण भइरहेको छ।

ओम फर्मास्युटिकल्स प्रालिको २३ अक्टोबर २०१७ मा जिएमपी मापदण्ड प्रमाणपत्रको म्याद सकिएको हो। क्युमेड फर्मुलेसन प्रालिको ११ अगस्ट २०१६, क्वस्ट फर्मास्युटिकल्सको २९ अक्टोबर २०१८, फर्माको इन्डस्ट्री प्रालिको २९ सेक्टेम्बर २०१८, नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरिजको १३ जुलाई २०१८, नेसनल हेल्थ क्यर प्रालिको २ अक्टोबर २०१८ मा विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड प्रमाणको म्याद सकिएको देखिन्छ।

लोमस फर्मास्युटिकल्स प्रालिको जिएमपी सर्टिफिकेटको म्याद पनि २८ सेक्टेम्बर २०१८ सम्म छ । मगनुस फर्मास्युटिकल्स प्रालिको १ सेक्टेम्बर २०१७, फ्लोरिड ल्याबोरेटोरिज प्रालिको १३ जनवरी २०१८, सिटिएल फर्मास्युटिकल्स प्रालिको २७ मार्च २०१८ जिएमपी मापदण्ड प्रमाणपत्रको म्याद सकिएको हो ।

औषधि व्यवस्था विभागका जिम्मेवार अधिकारी नै यसमा संलग्न रहेको स्रोतको भनाइ छ । विभागले आफ्नो वेबसाइटमा राखेको नेपाली औषधि कम्पनीको सूचीसमेत हटाएको छ । अधिवक्ता केदार कार्कीले विश्व स्वास्थ्य संगठनले तोकेको जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरण गर्नु उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको बताए । कम्पनीले उत्पादन गरेका औषधि गुणस्तरहीन सूचीमा राख्नुपर्ने बताउँदै कार्कीले त्यस्ता औषधि बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरे ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले म्याद सकिएका केही औषधि उत्पादन कम्पनीको नवीकरणका लागि निवेदन दिएको बताए । उनले औषधि उत्पादन कम्पनीले कानुनले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताउँदै विभागले यस्ता कम्पनीमाथि कडाइ गर्ने दाबी पारे । उनले विभागको वेबसाइटबाट औषधि उत्पादक कम्पनीको विवरण हटाएकोमा अनभिज्ञता प्रकट गर्दै आफूले बुझेर जानकारी दिने बताए ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्