Logo
२९ मंसिर २०८१, शनिबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ सहित देशभर तापक्रममा बृद्धि

काठमाडौँ : काठमाडौँ उपत्यका सहित देशभर तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।

न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । ‘‘माघ महीना आउन बाँकी नैे रहेकाले उपत्यकाको मौसममा अझै केही दिन उतारचढाव आउने छ’’ उनले भने । उच्च हिमाली भेगका कही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ । मध्य र पूर्वी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बिहीबार देशको पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्