Logo
११ बैशाख २०८१, मंगलबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् आन्दोलन गर्न माहिर शिक्षकहरुको अवस्था : झन्डै एक तिहाइ अस्थायी फेल

काठमाडौं : शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।

आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। उनीहरुले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् ।

शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो। कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ। आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन्।

आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् भन्दै आजको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्