Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ महिनामा नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट तयार हुँदैछ : मलेसियन सरकार

नेपाली कामदारहरुको आपूर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेसियाका एक मन्त्रीले बताएका छन् । मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् ।

साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए । ‘विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,’ उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टिच्युट’को भ्रमणको क्रममा भने ।

उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्ना सम्बद्धमा निगरानी गर्न गएका थिए । ‘रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ ।

तर यो बीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।’ अघिल्लो वर्षको मेमा नेपालको सरकारले आफ्नो देशबाट मलेसिया जाने श्रमिकहरुमाथि धेरै शुल्क लिएको भन्दै अस्थाई रुपमा मलेसिया कामदार पठाउन रोकेको थियो ।

उक्त शुल्क मलेसियाका अघिल्लो सरकारले खटाएको नीजि कम्पनीहरुले उठाइरहेका थियो । त्यसपछि नेपाल सरकारले नेपालभित्र रहेर धेरै मूल्य उठाइरहेका विभिन्न संस्थाहरुमा छापा मार्ने तथा अन्य कारबाही अघि बढाएको थियो ।

त्यो समयमा नेपाली कामदारहरु मलेसिया पठाउन रोकिएको थियो । नेपाली कम्पनीहरु सरकारी अनुसन्धानमा रहेकाले कामदारहरुले ती कम्पनीहरुमार्फत भिसाको प्रोसेस गर्न सकेका थिएनन् ।

प्रकाशित मिति: Jan 8, 2019

प्रतिक्रिया दिनुहोस्