Logo
१२ श्रावण २०८१, शनिबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतद्वारा सांसद चौधरीलाई थुनामै राख्न आदेश

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले थुनामै बसेर मुद्दा लड्ने अवश्था आएको छ । सर्वोच्च अदालतले सांसद रेशम चौधरीलाई थुनामै राख्न आदेश दिएको हो ।

ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन बताए । टीकापुर घटनामा मुख्य दोषी देखाउँदै चौधरीविरुद्ध सरकारले कर्तव्य ज्यान मुद्दा दायर गरेको छ ।

कैलाली जिल्ला अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । २०७४ फागुन १४ मा कैलाली जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यसपछि चौधरीले उच्च अदालत दिपायलमा पुनरावेदन हालेका थिए । उच्च अदालतले पनि चैत २२ गते सुरु जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । चौधरी उच्च अदालतको आदेशपछि सर्वोच्चमा आएका थिए ।

सर्वोच्चले उच्च अदालतको आदेश मनासिव नै देखिँदा अन्यथा परिवर्तन गरिहरन नपर्ने आदेश सुनाएको हो। बिहीबार सांसदको शपथ खाएका उनी डिल्लीबजार कारागारमा छन्।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्