खानी दुर्घटनामा भारतमा दुईको मृत्यु, १५ वेपत्ता
नयाँ दिल्ली : भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ ।
प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । मेघालय राज्यमा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको यस खानीमा फसेका १५ व्यक्तिको सुरक्षित उद्धारको लागि गत तीन हप्तादेखि कोशिस जारी रहेको छ ।
मेघालय राज्यमा रहेको यस साँघुरो खानीमा फसेका मध्य दुई जनाको गत शुक्रबार खानीभित्र नै पत्थर लागेर मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
गत डिसेम्मर १३ मा खानीमा बाढी पसेपछि त्यहाँ कार्यरत कामदारहरु फसेका थिए । स्थानीयको विरोधपछि सन् २०१४ बाट नै मेघालय राज्यमा खानी सञ्चालयमा प्रतिबन्ध लगाइएको थियो ।
तर अहिले भने कतिपय स्थानमा अवैध रुपमा यस्ता खानीहरु सञ्चालन गर्दै आएको पाइन्छ ।