पाल्पामा धारिलो हतियार प्रयोग गरी हत्या
पाल्पा : रामपुर नगरपालिका–४ का ५५ वर्षीय भलबहादुर कुमालको आइतबार राति हत्या भएको छ। कुमालको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
छिमेकी ४० वर्षीय मनोज थापाले कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।
उनका अनुसार आइतबार राति करिब ८ बजे दुई जनाबीच झगडा हुँदा थापाले हसिया प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । अभियुक्त थापालाई आइतबार राति नै पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।