Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करिब ८४ लाख रकम सहित ५ जना हुन्डी कारोबारी जनकपुरमा पक्राउ

जनकपुरधाम : करिब ८४ लाख रकम सहित ५ जना हुन्डी कारोबारी जनकपुरमा पक्राउ परेका छन् । आइतवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ स्थित किशोरीनगरबाट प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेहो हो ।

पक्राउ पर्नेमा विहार मधुवनी जिल्ला घरभई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ बस्दै आएका ४० वर्षिय सन्तोष महतो, वडा नं. ९ वैगा शीवपुर बस्ने ४३ वर्षिय विजय यादव, वडा नं. ११ का पप्पु कुमार दास, ५० वर्षिय सुरज ठाकुर, ४० वर्षिय नरेश महतो रहेको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा पक्राउ गरिएको उनीहरुलाई आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुको साथबाट ८३ लाख ६२ हजार नेपाली रुपैया तथा ६ हजार ६ सय भारतीय रुपैया तथा विभिन्न बैंकका चेकबुक तथा अन्य डकुमेन्टहरु बरामद भएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई बैंक तथा वितिय सम्बन्धि ऐन २०७३ अनुसार अनुसन्धान भई कार्यवाही भईरहेको थपलियाले जनाए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्