Logo
१२ श्रावण २०८१, शनिबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक वक्तव्यपछि प्रधानमन्त्रीलाई प्रश्न गर्न नदिँदा संसदमा हंगामा

काठमाडौं : संसदमा सार्वजनिक वक्तव्य दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी सांसदहरुले प्रश्न गर्न नपाएपछि हंगामा भएको छ । खासगरी नेपाली कांग्रेसका सांसदहरुले हंगामा गरेका हुन् ।

आइतबार संसद बैठकको सुरुमा नै प्रधानमन्त्री ओलीले झण्डै एक घन्टा लामो सम्बोधन गरेका छन् । उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरुले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ समेत दिएका थिए ।  लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय थिए ।

तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन् । कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सिमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिए । तर, रिजालले महराको प्रस्ताव मानेनन् । सांसदले सोध्न खोज्दा सोध्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो’ उनले भने ।

लगतै सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए । कांग्रेस सांसदहरुको नाराबाजीका बीच दाहालले प्रतिवेदन पेश गरे । बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्