Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पताल निर्माणका लागि जग्गा निःशुल्क, महायज्ञबाट २० करोड रकम सङ्कलन गर्ने लक्ष्य

सोलुखुम्बु : जिल्लाको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

स्थानीय समाजसेवी गोरे राईले अस्पतालका लागि जग्गा उपलब्ध गराएका हुन् । अध्यक्ष राईले भने, “हामी उक्त जग्गामा सुविधासम्पन्न ५० श्ययाको अस्पताल निर्माणको अभियानमा छौँ ।”

सुविधासम्पन्न अस्पताल निर्माणका लागि आगामी चैतमा श्रीमद् भागवत सप्ताहज्ञान बृहत् महायज्ञ आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष राईले भने, कुनै प्रकारको दुर्घटना तथा बिरामी हुँदा महङ्गो रकम खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने जनताको बाध्यतालाई मध्यनजर गर्दै अस्पताल निर्माण गर्न लागिएको होे । रु

“सोलुखुम्बुसहित आसपासका जनतालाई समेत सहज सुविधा प्रदान गर्नका लागि भ्यान्टिलेटरसहितको अस्पताल निर्माण गर्नेछौँ ।” महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्