Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव चिकित्सकीय सेवामा फर्कने संकेत 

काठमाडौं : पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औँ वार्षिक साधारणसभालाई काठमाडौंमा सम्बोधन गर्दै पूर्वराष्ट्रपति डा. यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए ।

राष्ट्रपति हुँदा सरकारी अस्पतालमा नै उपचार गराएको स्मरण गर्दै उनले आफू पहिलो राष्ट्रपति भएको नाताले पनि सिस्टम बसाउने जिम्मेवारी भएको उल्लेख गरे ।

भारतको कोलकत्तामा चिकित्सा शिक्षा अध्ययन गरेका यादव राजनीतिमा आउनुभन्दा अघि वीपी कोइरालाको निजी चिकित्सक थिए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्