Logo
१२ श्रावण २०८१, शनिबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगिज स्टार रोनाल्डोले जिते ग्लोब सकर अवार्ड

काठमाडौं : पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । बिहिबार दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापे ।

यसका साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते । च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडमा हुँदा युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरियो ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक फ्रान्सका डिडियर डेस्च्याम्पले पाए । वर्ष २०१८ को उत्कृष्ट क्लवको अवार्ड भने एट्लेटिको मड्रिडले जित्यो । धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित भए ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्