Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करणी र लेनदेन मुद्दामा फरार दुई महिला र एक पुरुष पक्राउ

लहान : जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिला र एक पुरुष पक्राउलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका-३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ । यस्तै लेनदेन बिगो मुद्दामा फरार सिरहा नगरपालिका-१२ सारस्वर निवासी ३८ वर्षीया अनिता देवी सहनी र सोही ठाउँकी ४० वर्षीया भक्ति खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्