Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीय सरकार र निजामती कर्मचारीबीच नौबुँदे सहमति, सङ्घमा आउने कर्मचारीको बढुवा हुने

काठमाडौँ : सङ्घीय सरकार र निजामती कर्मचारीबीच बिहीबार राति भएको नौबुँदे सहमति भएको छ । सहमतिमा निजामती सेवामा रहेका कर्मचारीहरू सङ्घमा आउँदा बढुवा हुने सुनिश्चित छ ।

सहमतिअनुसार नायब सुब्बाको बढुवाका लागि सो पदमा सेवा प्रवेशको शैक्षिक योग्यताकै आधारमा छैटौँ तहको अधिकृत पदमा बढुवा हुने बाटो खुला भएको छ भने श्रेणीविहीन कर्मचारीको पनि स्तरवृद्धि गरेर समायोजन हुने भएको छ ।

यसैगरी प्रदेश–प्रदेशबीच र स्थानीय तह–स्थानीय तहबीच पनि कर्मचारीको सरुवा हुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया सहितका प्रतिनिधि र निमाजती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल सहितका प्रतिनिधिबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । बुधबार नै सहमति भयो भन्ने खबरहरू सार्वजनिक भए पनि बिहीबार राति मात्रै दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कर्मचारीबीच भएको सहमतिमा कर्मचारी समायोजन प्रक्रिया सहज बनाउने एवं वृत्ति विकासलगायत कर्मचारी व्यवस्थापनका विषयलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउने गरी सङ्घीय निजामती सेवा विधेयक समावेश गर्ने उल्लेख छ ।

सहमतिअनुसार समायोजन भई प्रदेश निजमाती सेवा तथा स्थानीय जाने सबै सेवा समूहका सरकारी कर्मचारीलाई तत्तत् सेवामा बढुवाको अवसर नपाएसम्म सङ्घमा बढुवासम्बन्धी सम्पूर्ण अवसर प्रदान गरिनेछ ।

यसैगरी समायोजनपश्चात् समेत निजामती कर्मचारीहरूको तलब, भत्ता, उपदान, निवृत्तिभरण, पारिवारिक वृत्ति, उपचार खर्चलगायत खाइपाई आएका सुविधा नघट्ने सुनिश्चित गरिनेछ ।

देश वा स्थानीय तहको पदमा समायोजन हुने निजामती कर्मचारीहरूको साविकको स्तर र ज्येष्ठतामा असर नपर्ने गरी कानुनी व्यवस्था मिलाउने सहमतिमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्