Logo
१२ श्रावण २०८१, शनिबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सतुंगलको कपडा तथा कपास गोदाममा भीषण आगलागी

काठमाडौं : काठमाडौंको सतुंगलस्थित कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ।

सिप्रदी ट्रेङिङ अगाडि रहेको चन्दा कुमार साहको कपडा तथा कपास फ्याक्ट्रीमा आगलागी भएको हो।

हिजो (बिहीबार) साँझ सवा ७ बजेतिर सुरु भएको आगलागी आज (शुक्रबार) बिहान साढे ३ बजेतिर नियन्त्रणमा आएको काठमाडौं महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘तर अझै पनि भित्र छिरेर क्षतिको विवरण संकलन गर्ने अवस्था छैन। प्रहरीहरू घटनास्थलमा खटी नै रहेका छन् ’

गोदामनजिकै आल्मुनियम फ्याक्ट्री पनि जलेको प्रहरीले जनाएको छ। ठूलो क्षतिको आकलन गरिएको छ। मानवीय क्षति भने नभएकाे जनाइएकाे छ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्