Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थप १३ दिन सार्वजनिक बिदा थप्दै सरकार, कहिले केको बिदा ? (हेर्नुस् सुचिसहित)

काठमाडौं : नयाँ सहित हाल कटौती गरिएको सरकारी बिदा समेत सरकारले १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ । हाल रहेका सार्वजनिक बिदाहरुलाई भने यथावत राख्ने सरकारको तयारी रहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, किस्मस, एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्