Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपथग्रहणपछि के-के भने सांसद चौधरी ? परिवारिक मिलनदेखि फेरि जेल यात्रासम्म (फोटा-भिडियो)

काठमाडौं : कैलालीको क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाका लागि निर्वाचित रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथग्रहण पश्चात पुन: डिल्लीबजार कारागार लगिएको छ। संघीय संसदका सभामुख कृष्णबहादुर महराले चौधरीलाई संसद सचिवालय सिंहदरबारमा पद तथा गोपनीयताको सपथग्रहण गराएपछि उनलाई प्रहरीले भ्‍यानमा हालेर कारागार लगेका थिए।

रेशमको सपथ हेर्न उनका छोरा र श्रमती आएका थिए। सपथपछि श्रीमती रञ्जिता चौधरीले भनिन्, ‘मलाई उहाँको शपथ कार्यक्रम छ भनेर आज मात्रै जानकारी गराइयो। म छोरासहित हेर्न आएँ।’रेशम चौधरी टीकापुर घटनाको अभियुक्त सपथ लिएपछि पुन: कारागारमा जानुभयो भन्‍ने पत्रकारको प्रश्‍नमा उनले भनिन्, ‘टीकापुरबासी सबै उहाँको पक्षमा हुनुहुन्छ।

उहाँ निर्वाचित सांसद हो। यो राजनीतिक घटनालाई हो। यदि उहाँ दोषी प्रमाणित भएमा म स्वीकार्छु। तर उहाँमाथि बिनाप्रमाण आरोप लगाइएको छ। निर्वाचित र सपथ लिएका सांसद कसरी जेलमा जान मिल्छ?’ ढाकाटोपी र चस्मा लगाएका चौधरी सपथका लागि सिंहदरबार पुग्दा संसद सचिवालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए।

सभामुखको कार्यकक्षमा उनले सपथ लिएका थिए। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ। यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्