Logo
१२ श्रावण २०८१, शनिबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई मधेसका जनता चिसोबाट प्रभावित, सरकारलाई राहतको व्यवस्था गर्न आग्रह

काठमाडौं : प्रतिनिधिसभामा सांसद रानी मण्डलले तराई मधेसका जनता चिसोबाट प्रभावित भएकाले सरकारलाई राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् । सांसद मण्डलले बिहीबारको बैठकको शून्य समयमा भनिन्, ुतराईमा जनता चिसोले कठ्यांग्रिएको छ ।

गरिबलाई शितलहरको कहरबाट बचाउन सरकारले कपडा र आगोको व्यवस्था गरोस्।ु त्यसैगरी सांसद मण्डलले मधेसमा गहुँ बालीको लागि मलखादको व्यवस्था गर्न पनि माग गरिन् ।

उनले मधेसका जनता कृषि पेशामा रहे पनि मलखादको अभाव भएको बताइन् । उनले सरकारले दिने गरेको मलखादमा सरकारी अधिकारीको मिलेमतोमा कालोबजारी हुने गरेको बताउँदै त्यस्तो कार्य रोक्न माग गरिन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्