Logo
२३ मंसिर २०८१, आईतबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकार परिवर्तनको कुनै संभावना छैन, बरु हामि केन्द्र सरकार छाड्छौं : उपेन्द्र यादव

काठमाण्डौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सरकार परिवर्तनको कुनै संभावना नरहेको बताएका छन् । केहि डिपजटल पत्रिकाहरुले प्रदेश २ को सरकार परिवर्तन भइरहेको र केन्द्रमा समेत जिम्मेवारी हेरफेर भइरहेको भन्दै समाचार लेखिरहेका बेला उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका यादवले सरकार परिवर्तन होइन की आवश्यक परे आफू सरकारबाटै बाहिरिने उनले बताए ।

कँहि कतै समाचार आउँदैमा त्यस्तै हुने भन्ने कदापी नरहेको भन्दै नागरिक टाइम्ससँगको विशेष कुराकानीमा उनले भने – ‘कस्ले के लेखिरहेको छ मलाई थाह छैन, म पार्टीको अध्यक्ष हो मलाई नै यस्ता कुराहरु थाह छैन । संविधान संशोधन कसरी गराउने त्यसमा हामि चिन्तित छौं, अवस्था खराव भइरहेको छ उल्टै हामि सरकार नै छाड्नेसम्मको सोचमा पुगिरहेका छौं ।’

उनले भने ‘कस्ले यस्ता हल्ला फैलाए कुन्नी थाह छैन तर त्यस्तो कुनै तयारी छैन ।, प्रदेश सरकार परिवर्तनको त कुनै सवाल नै हुँदैन ।’ समाचारहरुको पछाडी कति लागौं भने हामि कुनै प्रतिकृया दिन नखोजेको भन्दै उनले भने पत्रकारिता कम अनि प्रोपगाण्डा यहाँ बढी हुन थाल्यो । यस्लाई फिल्ट्र गर्नु तपाई पत्रकारहरुको पनि कर्तब्य हो ।’

प्रदेश नम्बर २ को सरकार अब अर्को चुनावपछि मात्र परिवर्तन हुने भन्दै उनले ठठ्यौली पारामा उनले भने -‘ति पत्रकारहरुलाई पनि सुनाइदिनुहोला त्यस्तो कुनै हाम्रो तयारी छैन ।’ कतिपाय यस्ता पत्रकारका कारण सिगो पत्रकारिता प्रति नै प्रशन उठ्ने गरेको भन्दै उनले भने -‘यहाँ त कम्पयुटर पिछे अनलाइन भइसकेको छ । अब कति अनलाईनलाई जवाफ दिदै हिड्ने ? तर्सथ यस्ता कुराको पछाडी लाग्नु हुदैन ।’

ओली नेतृत्वको सरकार अलोकप्रिय भैरहेका बेला प्रदेश २ को सरकार परिवर्तन गराउने खेल शुरु भएको भन्दै केहि डिजिटल पत्रिकाहरुमा समाचार आइरेहेको छ । सात प्रदेशमध्ये छ प्रदेशमा नेकपाको प्रदेश सरकार छ । प्रदेश दुई संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच गठबन्धनको सरकार छ ।

स्रोतका अनुसार भन्दै एक अनलाइनले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली, पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबीच भएको गोप्य वार्तामा प्रदेश २ को सरकार ढालेर नयाँ सरकार बनाउने तयारी भएको समाचार सम्प्रेषण गरेका थिए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर नेकपाका नेता एवम् प्रदेश सांसद सत्यनारायण मण्डललाई मुख्यमन्त्री बनाउने तयारी भएको र प्रदेश दुईको सरकारबाट राउतलाई हटाएपछि पुरस्कार स्वरुप प्रधानमन्त्री ओली र नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई उपप्रधान तथा गृहमन्त्री बनाउने गोप्य सहमति भएको स्रोतको दाबी छ । भन्दै उक्त समाचारमा भनिएको छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्