Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार आफ्नै क्याम्पसमा राष्ट्रपति भण्डारीको अभिनन्दन

विराटनगर : पूर्वाञ्चल भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहनुहुने भएको छ । उहाँले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नुहुनेछ ।

सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले सो क्याम्पसमा विसं २०३९/४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गर्नुभएको थियो ।

उक्त समय उहाँको क्रमसङ्ख्या ३२० थियो । विसं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उहाँ कोषाध्यक्षमा समेत विजयी हुनुभएको थियो ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्