Logo
१५ फाल्गुन २०८०, मंगलबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाइडबडी प्रकरणमा बहालवाला पर्यटनमन्त्री,पूर्वमन्त्रीसहित सचिवहरु कारबाहीका लागी सिफारिस

काठमाडौं : नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी र तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ ।

मंगलबार राति अबेरसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । कंशारकारलाई तत्काल निलम्बन गरी कारबाही गर्न पनि सिफारिस गरेको छ ।

करिव ४ अर्ब २५ करोड भ्रष्टाचार भएको ठहरसहित ३८ पेजको प्रतिवेदन तयार भएको स्रोतले जनाएको छ । राति अवेर सकिएको बैठकमा मन्त्री अधिकारी, सचिव कृष्णप्रसाद देवकोटालाई कारबाही गर्न सिफारिस गरेको छ । पूर्वमन्त्री जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस भएको छ ।

तत्कालीन पर्यटन सचिवहरु प्रेम राई र शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस भएको एक सदस्यले बताए । राई हाल गृह मन्त्रालयका सचिव छन् । यसबारे थप अनुसन्धान गर्न अख्तियार पठाउने पनि उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्