Logo
२० बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धरानको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तै सप्तरीमा रामराजा विज्ञान प्रतिष्ठान बन्दै

सांकेतिक तस्बिर

काठमाडौं : प्रदेश नम्बर १ स्थित धरानको बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तै प्रदेश २ मा पनि स्वास्थ्य प्रतिष्ठान बन्ने भएको छ ।

सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुन लागेको हो ।

उपप्रधानमन्त्री समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पहलमा उक्त स्वास्थ्य प्रतिष्ठान स्थापना हुन लागेको हो ।

यादवको पहलमा सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रस्ताव मन्त्रीपरिषदबाट पारित भएको छ ।

उनका स्वकीय सचिब महेश चौरसियाले प्रदेश २ का लागि यो अत्यन्तै ठूलो गर्व र उपलब्धिको विषय भएको बताएका छन् ।

उनले फेसबुक स्टाटसमा लेखेका छन् – “स्वास्थ्यमन्त्री उपेन्द्र यादवज्यूको पहलमा सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने प्रस्ताव मन्त्रीपरिषदबाट पारित भएको छ । प्रदेश २ का लागि यो अत्यन्तै ठूलो गर्व र उपलब्धिको विषय हो ।”

उनले लेखेका छन् “जबकि, २०६५ देखि यता १० वर्षमा प्रदेश २ अन्तर्गतका जिल्लाबाट ७ जना स्वास्थ्यमन्त्री भएपनि मधेशको कुनै जिल्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न सकेको थिएन ।”

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्