Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा रहेको आन्तरिक किचलोका कारण प्रदेश २ स्थित प्रदेशसभा बैठकमा पनि असर

जनकपुरधाम : प्रदेश २ स्थित लामो समयदेखि प्रदेशसभा बैठक ठप्प बनेको छ । १९ मंसिरपछि अवरुद्ध भएको सदनको कारबाही करिब १ महिना पुग्न लाग्दा समेत शुरु हुन सकेको छैन् । अनिश्चितकालको लागि प्रदेशसभाको बैठक अवरुद्ध भएपछि प्रदेश सरकारले बनाउनुपर्ने महत्वपुर्ण कानुनहरु बन्न सकेको छैन् ।

संघीय समाजवादी फोेरम र राजपाको बहुमत रहेको प्रदेश २ मा राजपा भित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठक बस्न नसकेको श्रोतको दावी छ । राजपा अध्यक्षमण्डका संयोजक महन्थ ठाकुरलाई पदबाट हटाएर राजेन्द्र महतोलाई अध्यक्ष बनाएको भन्दै राजपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि प्रदेशसभा बैठक बस्न नसकेको राजपाका एक सांसदले बताए ।

यसैगरी धनुषामा राजपाका देवकृष्ण मण्डललाई अध्यक्षमण्डलका सदस्यबाट हटाएर ज्ञानेन्द्र झा लाई अध्यक्ष मण्डलमा राखेपछि केही दिन यता राजपा भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ ।

केही दिन अघि प्रदेश २ का सचेतक परमेश्वर साहकै नेतृत्वमा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोको पुतला समेत दहन गरिएको थियो । ‘पार्टीको आन्तरिक विवादले मात्र प्रदेशसभाको बैठक बस्न सकेको छैन, अब पार्टीको विवाद साम्य भएपछि मात्रै बैठक बस्छ’, सत्तारुढ राजपाका एक सांसदले भने ।

बजेट अधिवेशनपछि सुरु भएको प्रदेश २ को दोस्रो अधिवेशन अन्त्य गर्न कतिपय सांसदले सरकारलाई सुझाव समेत दिएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत कतिपय सदस्यहरुले सदनमा प्रस्तुत गर्न विधेयक नभएकोले अधिवेशन अन्त्यको घोषणा गर्न सरकारलाई सुझाव दिइसकेको बताइएको छ ।

मन्त्रीहरु जिल्लामुखी भई प्रदेशको पेट्रोल र भत्ता पकाउ मुखी भएका कारण प्रदेशसभा बैठक बस्न नसकेको आरोप लगाए । उनले भने, ‘ जसरी धनुषा र महोत्तरीमा बजेटका विभेद गरिएको छ । सोही प्रकारले मनमौजी रुपमा सत्तापक्षले जहिले मन लाग्यो बैठक बोलाउने र जहिले मन लाग्यो, स्थगित गर्ने परिपार्टीले पश्रय पाएका कारण प्रदेशसभा बैठक महिनौं सम्म स्थगित हुन्छ ।’

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्